Logo
१४ माघ २०८१, सोमबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतलाई लज्जास्पद हार चखाउँदै पाकिस्तानले पाए उपाधि

भारतलाई १ सय ८० रनको विशाल अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधिमा कब्जा जमाएको छ । आइसीसीको कुनै पनि प्रतियोगिताको फाइनलमा कुनै टोलीले हासिल गरेको सबैभन्दा ठूलो अन्तरको जीत हो । जीतका लागि ३ सय ३९ रनको विशाल लक्ष्य पाएको भारत मात्र ३०.३ ओभरमा १ सय ५८ रनमा सिमित भयो ।

भारतलाई सस्तोमा समेट्न मोहमद आमिर र हसन अलीले घातक बलिङ गर्दै ३–३ विकेट लिए । कुनै समय ५ विकेटको क्षतिमा ५४ रनको दयनीय स्थितिमा रहेको भारतका लागि हार्दिक पाण्डेयले ७६ रन बनाउँदै सम्मानजक स्कोरतर्फ डोर्याएका थिए । उनीबाहेक कसैले ठूलो स्कोर बनाउन सकेनन् ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानका लागि ओभर फकर जमानले शतकीय पारी खेलेपछि निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ३८ रन बनाएको थियो । उनलाई अर्को ओपनर अजहर अलीले ५९ रन बनाउँदै राम्रो साथ दिए । दुवैले मिलेर पहिलो विकेटका लागि १२८ रन जोडे ।

अली रन आउट भएपछि जमानले बाबर आजमसँग मिलेर पाकिस्तानको इनिङ सम्हाले । पाकिस्तानको स्कोर २ सय रन हुँदा हार्दिक पाण्ेडेयको बलमा आउट हुनअघि जमानले १०६ बलमा ११४ रन बनाए । उनले यस क्रममा ३ छक्का र १२ चौका हिर्काए ।

आजमले ४६ रनको योगदान दिए । खेलको अन्त्यतिर मोहमद हाफिजले तिव्र गतिमा ४ चौका र ३ छक्का हिर्काए ५७ रन बनाउँदै पाकिस्तानलाई ३ सयको स्कोर कटाउन मद्दत गरे । भारतका लागि १० ओभरमा मात्र ४४ रन खर्चेर भुवनेश्वर कुमारले २ विकेट लिएका थिए ।

प्रकाशित मिति: Jun 19, 2017

प्रतिक्रिया दिनुहोस्