अविवाहित नायिका कंगनाले बच्चा चाहियो रे, भारतिय मिडियामा हंगामा
अविवाहित नायिका कंगना रनावतले अब ‘बच्चा चाहियो’ भन्न थालिन् भने के होला ? तर, आफ्नो भनाइका कारण सधै नै चर्चामा रहने यी नायिकाले अब बच्चाको सपना देख्न थालेकी छिन् ।
२९ बर्षकी यी नायिकाले एक इन्टरभ्यूमा बच्चाको आवश्यकता महशुश हुन थालेको बताएकी छिन् । कंगनाले मिडियासँग भनेकी छिन् ‘मलाई लाग्छ कि, म पूर्ण आत्मनिर्भर महिला हुँ । तर जब तपाई तपाइको उमेरको दोश्रो दशकको अन्तिम बर्षमा पुग्नुहुन्छ, यसपछि मनमा बच्चाको चाहना बढ्न थाल्दो रहेछ ।’
‘मलाई यस्तो दिन आउला भनेर लागेको थिएनँ, नायिका कंगनाले भनिन् । उनी भनिन् अब म विस्तारै आमा बन्ने सपना देख्न थालेकी छु, कंगनाको यो भनाइले अहिले बलिउड मिडियामा हंगामा मच्चाएको छ । कतै, कंगना बिहे त गर्दै छैनन् भन्ने प्रश्न पनि उनको बयानले उब्जाइदिएको छ ।