बजारमा ‘चमेकी चमेली’ बनेकी प्रियंकाकै चर्चा
यो मनमा खेल्न खोन्छौ बहेली, मातेर झुकाउदै परेकी
मै क्याली सबैलाई क्या प्यारी, अधेरीका देख्छौ उजेली
म त चमेकी ,म त चमेली, म त चमेली !
पछिल्लो समय बालकदेखि बृद्धासम्मको मुखमा भुन्डिन सफल यो गीत हो चलचित्र ‘लालटिन’को । गीतमा अभिनेत्री प्रियंका कार्कीले हट एण्ड सेक्सी नृत्य प्रस्तुत गरेकी छन् । चलचित्रको यो आइट गीत पनि हो । यही गीतका कारणले पनि चर्चामा रहन सफल ‘लालटिन’ भित्र अन्य केही राम्रा गीत पनि रहेको बताइएको छ ।
अभिनेत्री प्रियंकाले पनि चलचित्र आफ्नो लागि बिशेष रहेको बताउदै आएकी छन् । केही पहिले निर्माण युनिटले आयोजना गरेको एक कार्यक्रममा पनि उनले लालटिनले आफ्नो अभिनय करियरमा उचाही थप्ने बताएकी थिइन् ।
यही २६ जेठ प्रदर्शन मिति तय भएको चलचित्रमा अभिनेत्री प्रियंका अभिनेता दयाहाङकी चमेली बनेकी छन् । चलचित्रमा दयाहाङ राई, केकी अधिकारी, भानु प्रताप लगायत कलाकारको समेत अभिनय रहेको छ । यी सबै कलाकारले बिभिन्न चलचित्र मार्फत आफु राम्रो कलाकार भएको प्रमाणीत गरिसकेका छन् ।