Logo
११ पुस २०८१, बिहीबार
(May 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१९ गते प्रधानमन्त्री बन्दैः यस्तो छ, कांग्रेसको रोडम्याप

काठमाडौं, जेठ १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा गरेलगत्तै काँग्रेस सभापति सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्यमा छन् । देउवाले केही महत्वपूर्ण भेट आफै गरेर तथा आफु निकटका नेताहरु परिचालन गरेर नयाँ सरकार गठन आधार बनाउने गृहकार्य जारी राखेका छन् ।

काँग्रेससँगको गठबन्धन हुँदा भएको सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ ९ गते आफ्नो पदबाट राजीनामा गरेका थिए । त्यसलगत्तै काँग्रेस सभापति देउवाले आफ्नो नेतृत्वको सरकारका लागि पहल थालेका हुन् । ‘औपचारिक र अनौपचारिक दुवै तरिकाले नयाँ सरकार गठनका लागि संवाद चलिरहेका छन् । अधिकतम धेरै दललाई सहभागी गराउने सोच छ ।’ देउवा निकट काँग्रेस स्रोतको भनाई छ, ‘सभापतिज्यूले सवैपक्षसँग संवाद चलाई रहनुभएको छ ।’

सहमतिको सरकार गठनका लागि भन्दै आज मात्र काँग्रेस सभापति देउवाले संसदमा प्रतिनिधित्व भएका दलहरुको सर्वदलिय बैठक आव्हान गरेका थिए । बैठकमा अनुपस्थित भएर प्रमुख प्रतिपक्षी दल एमालेले देउवाको प्रस्ताव करिब–करिब अस्वीकार गरेको सन्देश दिएको छ । काँग्रेस–माओवादी गठबन्धनप्रति एमालेको पहिलादेखि नै असन्तुष्टि छ । एमाले दुई बामपन्थी दलबीचको गठबन्धनको पक्षमा छ ।

आजको बैठक एमालले बहिस्कार गरेसँगै काँग्रेस सभापति देउवा बहुमतीय सरकार गठनमै केन्द्रित हुने बाटो खुलेको छ । बैठकपछि कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राष्ट्रपतिबाट सहमतिय सरकार गठनका लागि आव्हान भएकाले त्यसका लागि सहमति जुटाउन सर्वदलीय बैठक आव्हान गरिएको जानकारी दिएका थिए । कार्यदल भावी सरकारको रोडम्याप निर्माणमा लागेको एक सदस्यले बताए । यद्यपी कार्यदलले सहमतिय सरकार गठनका लागि भने खासै पहल गरेको छैन । यो कार्यदल प्रचण्ड नेतृत्वको सरकार गठनका बेला पनि सक्रिय थियो ।

देउवाका लागि माओवादीको समर्थन जुटाउन कुनै समस्या भएन । बरु, माओवादीकै प्रस्तावमा उनी प्रधानमन्त्री बन्नेछन् । तर, माओवादीसँग मन्त्रालय बाँडफाँडको विषय भने दुई दलले टुंगाउनुपर्नेछ । यसका लागि प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यदल बनाएर काम अगाडि बढाएका छन् । कार्यदलमा काँग्रेसका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र नीधि र भौतिक योजना मन्त्री रमेश लेखक छन् भने माओवादीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र बर्षमान पुन सदस्य छन् ।

कार्यदल भावी सरकारको रोडम्याप निर्माणमा लागेको एक सदस्यले बताए । यद्यपी कार्यदलले सहमतिय सरकार गठनका लागि भने खासै पहल गरेको छैन । यो कार्यदल प्रचण्ड नेतृत्वको सरकार गठनका बेला पनि सक्रिय थियो । यसवाहके काँग्रेस सभापति देउवाले बिजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई पनि सरकारमा सहभागी गराउने सुनिश्चता गरिसकेका छन् । प्रचण्डको राजीनामा भन्दा केही दिन अगाडि मात्र सरकारमा सहभागी भएका गच्छदारलाई अहिले दिइरहेको मन्त्रालय जिम्मा दिएर सरकारमा सहभागी गराउने काँग्रेस सभापति देउवाको योजना छ ।
संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागी गराउने देउवाको योजना छ । सरकारमा सहभागी नभए संघीय समाजवादी फोरमको समर्थन जुटाउने देउवाको दोस्रो कार्यसूचि छ । माओवादी र नेपाल लोकतान्त्रिक फोरमपछि देउवा राष्ट्रिय जनता दललाई फकाउने सूत्रको खोजिमा छन् । सकेसम्म राजपालाई सरकारमा ल्याउने नभएपनि आफ्नो नेतृत्वको सरकारलाई राजपाको समर्थन जुटाउने देउवाको सूत्र छ । राजपासँग कुरा भैरहेको काँग्रेसका केही नेताहरु मान्छन् । तर, आज देउवाले बोलाएको सर्वदलीय वैठकमा राजपाका अध्यक्षमण्डलका नेता सहभागी भएनन् र सन्देश दिएका छन्, ‘अझै केही सहमतिको खाँचो छ ।’

बाहिर सहमतिय सरकारको गृहकार्य देखिएपनि अहिलेको गठबन्धन एमालेविनाकै बहुमतीय सरकारको पक्षमा छ । एमाले अध्यक्ष ओलीले जसको नाममा सहमति बन्छ, उही प्रधानमन्त्री बन्ने बताएपनि देउवाले बहुमतबाटै आफ्नो नेतृत्वको सरकार गठनलाई प्राथामिकतामा राखेका छन् । सर्वदलिय बैठकमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु पनि अनुपस्थित रहेपनि बैठकमा राजपाका तर्फबाट लक्ष्मण लाल कर्ण सहभागी थिए ।

उनले आफुहरुका माग अहिले पनि संम्बोधन नभएको भन्दै वर्तमान सरकारले उधारो राखेको माग पुरा भए जसको नेतृत्वको सरकार बनेपनि समर्थन रहने बताएका छन् । अर्थात कुनै सहमति हुने बित्तिकै राजपाले देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत दिएको छ । यद्यपि राजपाले नयाँ सरकारमा सहभागी नहुने चाहीँ बताईसकेको छ । राजपापछि देउवा राप्रपालाई पनि फकाउने सूत्र खोजिरहेका छन् । यद्यपी राप्रपा सरकारमा आउने–नआउनेबरे केही निश्चत छैन । @रातोपाटीबाट साभार

प्रकाशित मिति: May 30, 2017

प्रतिक्रिया दिनुहोस्