एक देवालय: जहाँ छन, दलितहरु पुजारी, व्राम्हण भक्तजन
प्रेम सुनार, गुल्मी, बैशाख ५ : मन्दिर भित्र दलित पुजारीहरुले धमाधम पुजा–पाठ गरीरहेका हुन्छन् । मन्दिर वाहिर व्राम्हण क्षेत्री मगर लगायतका भक्तजनहरु हात जोडेर वर मागीरहेका हुन्छन् । जातिय विभेदले आक्रान्त नेपाली समाजमा त्यो दृश्य देख्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर यस्तै दृश्य देखिन्छ गुल्मीको मालिका गाउँपालिका अन्तरगत साविकको ह्वाङ्गदी गाविसको एक देवालयमा ।
जहाँ मन्दिरभित्र दलित पुजारीहरुले पुजा गर्छन र वाहिर व्राम्हण क्षेत्री मगर लगायतका अन्य जातिहरु ति दलित पुजारीहरुका अनन्य भक्तजन हुँदै शिर झुकाएर वर मागिरहेका हुन्छन् ।
पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्नुअघि देखि नै प्युठानको रजेनामा अस्तित्वमा रहेको निशेल गौतम गोत्रका बिश्वकर्मा बन्धुहरुको देवालय हो त्यो । ५ सय वर्षअघि देखि प्युठानबाट गुल्मीको उक्त स्थानमा स्तान्तरण गरिएको उक्त देवालयमामा देशमै सकारात्मक सन्देश दिने समाचार हुँदाहुँदै पनि हालसम्म सञ्चार माध्यमबाट ओझेलमा पर्दै आईरहेको छ ।
हरेक दुई वर्षको वैशाखे पुर्णीमाको दिन ति वन्धुहरुले कुल पुजा गर्दछन् । जहाँ दलित समुदायको भन्दा दोव्बर पाठा वलि चढाउँछन् ग्रैह्र दलित समुदायले । जे वर मागेपनि पुरा हुने जनविश्वास रहेकोले उनिहरुले भन्दा बढि व्राम्हण क्षेत्री मगर लगायतका अन्य जातीहरुले भाकल गरेका भेडाहरु चढाउने गर्दछन् र दलित पुजारीहरुसंग हातमा प्रसाद थापेर खान्छन् । सदरमुकाम तम्घास देखि करिव ४५ किलो मिटर उत्तर वाग्लुङ्गको सिमाना गंगारे र गुल्मी म्याले वडचौर टापुमा उक्त देवालय रहेको छ ।
जहाँ गाल्मी , प्युठान , वाग्लुङ्ग , रुपन्देही र भारत सम्म रहेका विभिन्न जातीहरु दलिहरुको त्यस देवालयका पाठा भाकल चढाउन आउछन् र अपार भीड लाग्ने गर्दछ । .यसपालीको बैशाखपुर्णीमा भाईहरुका अनिवार्य भेडा जम्मा १ सय ३० वटा परेका थिए भने व्राम्हण क्षेत्री लगायतका अन्य समुदायले करिव २ सय पाठा वली चाढाएका थिए ।