‘राजपा’का नेतालाई शीतलनिवासबाट राष्ट्रपतिको निम्तो
काठमाडौ, वैशाख २२ : नवगठित राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरुलाई राष्ट्रपति विद्यादेवी भाण्डरीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बोलाएकी छिन् ।
दलहरु बीच ध्रुवीकरण बढिरहेको बेला राष्ट्रपति भण्डारीले मधेशी नेताहरुसँग छलफल गर्न लागेकी हुन् । राजपा पहिलो चरणको चुनावमा भाग लिएको छैन ।
संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने राजपाले अडान लिँदै आएका छन् । यस अवस्थामा दोस्रो चरणको चुनाव अप्ठ्यारोमा पर्ने हो कि भनि शंका उत्पन्न भएको छ ।
राष्ट्रपति भण्डारीले आफूहरुलाई राष्ट्रपति भवनमा बोलाएपनि किन बोलाएको भन्ने थाहा नभएको राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले बताए ।
उता, एमालेले संसद अवरोध गरेपनि महाअभियोगमाथि छलफल गर्ने कार्यसुचि राखिएको थियो तर दोस्रो चरणको बैठकमा महाअभियोग विषयमा छलफल गर्न एमालेले दिएन ।
प्रधानन्ययाधीश सुशिला कार्कीमाथि लागेको महाअभियोग, संसदमा विचारधिन संशोधन विधेयक तथा स्थानीय चुनावको विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले राजपाका नेताहरुलाइ शुक्रबार ५ बजे शीतलनिवास बोलाएकी हुन् ।