Logo
१२ पुस २०८१, शुक्रबार
(May 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार’ घोषणापत्र सार्वजनिक

काठमाडौँ, वैशाख १८: नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
‘समृद्धि, समानता र सबल राष्ट्रको आधार, गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार’ नारा दिइएको छ ।

पूर्वाधार, कृषि, उद्योग, उर्जा र पर्यटन क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउने योजना घोषणा पत्रमा उल्लेख गरिएको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । एमालेले संविधानमै व्यवस्था गरिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणलाई आधार बनाएर घोषणा पत्र तयार पारेको पनि उनले स्पष्ट पारे ।

सार्वजनिक गरिएको घोषणा पत्रमा पूर्वाधार, कृषि, उद्योग र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने योजना उल्लेख गरिएको छ । घोषणा पत्रमा पाँच वर्ष भित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पु¥याउने प्रतिवद्धता जनाइएको छ । त्यसैगरी १० वर्ष भित्र ५० लाख पर्यटन भित्रयाई मुलुकलाई समृद्ध बनाउने संकल्प पनि गरिएको छ ।

एमालेले केपी ओली नेतृत्वको सरकारले चीनसँग गरेको व्यापार तथा पारबहन सम्झौतालाई अघि बढाएर विश्व बजारमा नेपाली उत्पादनलाई बजारी गरी मुलुकलाई समृद्ध बनाउने योजना पनि अघि सारिएको छ । मनमोहन अधिकारी नेतृत्वको सरकारले सुरु गरेको वृद्ध भत्ता कार्यक्रमलाई निरन्तरता दिने, देशभरका सबै गाउँ पालिकामा २ लेनको सडक निर्माण गर्ने कुरा पनि घोषणा पत्रका समावेश गरिएको सचिव ज्ञवालीले जानकारी दिए ।

एमालेको राजधानी विकासको खाका : १० वटा अत्याधुनिक स्याटलाइट शहर, लिफ्ट प्रणालीबाट बागमतीको पानी सफा
एमालेले आफनो गाउँ आफै बनाउ अभियानलाई तीव्र गतिमा अघि बढाउने प्रतिवद्धता पनि जनाएको छ । त्यसैगरी १० वर्ष भित्र गरिवी निवारण गर्ने, राष्ट्रको स्वाभियानलाई कायम राख्दै कुटनीतिक सम्बन्ध विस्तार गर्नेलगायतका समाज सुधारका कार्यक्रमलाई पनि एमालेले घोषणा पत्रमा समावेश गरेको छ ।

प्रकाशित मिति: May 1, 2017

प्रतिक्रिया दिनुहोस्