Logo
९ मंसिर २०८१, आईतबार
(April 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्याउनुहुन्छ ? सरकारी तथ्याङ्कमा जम्मा १० हजार बेरोजगार !

काठमाडौं, २४ चैत । हरेक दिन अनुमानित १५ सय युवा कामको खोजीमा विदेसिने गर्छन् । तर, सरकारी तथ्यांकले देशभर जम्मा १० हजार मात्रै बेरोजगार रहेको देखाएको छ ।

श्रम विभागले संकलन गरेको बेरोजगारको पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ८ सय ७३ नागरिक मात्र बेरोजगार छन् । यो आँकडा आर्थिक वर्ष ०७३ र ७४ को फागुन मसान्तसम्मको मात्रै हो ।

विभागले आफूमाहतका विभिन्न रोजगार सूचना केन्द्रबाट संस्थागत रूपमा बेरोजगारको लगत संकलन गर्दै आएको छ। जसअनुसार फागुन महिनामा मात्रै २ हजार ५ सय ५६ जना बेरोजगारको तथ्याङ्क संकलन भएको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छोपेको छ।

प्रकाशित मिति: Apr 6, 2017

प्रतिक्रिया दिनुहोस्