नेप्सेमा सामान्य गिरावट, बिकास बैंक र बीमा बाहेक सबैले गुमाए – तालिकासहित
काठमाडौं, ५ माघ । नेप्सेमा आज भने सामान्य अंकको मात्र गिरावट देखिएको छ । आज नेप्से शुन्य दसमलव ८१ अंकले घटेर १४ सय दसमलव ६८ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि शुन्य दसमलव १५ अंकले घटेर तीन सय १७ दसमलव १९ अंकमा कायम रहेको छ ।
कुुल एक सय ३३ कम्पनीहरुको तीन हजार एक सय १६ वटा कारोवारमा १२ लाख १७ हजार छ सय १९ वटा कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३० करोड ९४ लाख २७ हजार पाँच सय ३० रुपैयाँ पुुगेको छ ।
सबैगरी आठ वटा समुहको कारोवार भएकोमा आज बिकास बैंक र बीमा समुहको कारोवार बढेको छ भने बाँकी समुहको कारोवार घटेको छ । बीमा समुहको सुचक ६६ दसमलव ७१ अंकले बढेर छ हजार आठ सय चार दसमलव १९ अंकमा कायम रहेकोमा चार करोड ९३ लाख २० हजार आठ सय रुपैयाँको कारोवार भएको छ ।
बिकास बैक समुहको सुचक पनि छ दसमलव छ अंकले बढेर १५ सय १४ दसमलव ५८ अंकमा कायम रहेकोमा चार करोड दुुई लाख ३८ हजार एक सय रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैंक समुहको सुचक भने सो दिन तीन दसमलव ५८ अंकले घटेर १४ सय दसमलव ६८ अंकमा कायम रहेकोमा १७ करोड ५१ लाख ९७ हजार रुपैयाँको कारोवार भएको छ ।
होटल समुहको सुचक २२ दसमलव ६२ अंंकले घटेर १८ सय ५७ दसमलव ९५ अंकमा कायम रहेकोमा तीन लाख २६ हजार ७५ रुपैयाँको कारोवार भएको छ । आज फाईनान्स, जलबिद्युुत, उत्पादनमुुलक र अन्य समुहको कारोवार पनि उच्च अंकले घटेको छ ।
आज बढी कमाउने कम्पनीको सुचीमा परेको जनउत्थान सामुुदायिक लघुबित्त बिकास बैक परेको छ भने गुुमाउने कम्पनीको सुचीमा हिमालयन डिष्ट्रिलरी परेको छ । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने प्रभुु बैक परेको छ ।
बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको मुल्य | बढेको मुल्य |
१ | जनउत्थान सामुदायिक लघुबित्त | १८६० | ८.०८ |
२ | तिनाउ बिकास बैंक | ३६३ | ७.७२ |
३ | कालिका माईक्रो क्रेडिट | १८६५ | ५.८४ |
४ | महिला सहयात्रा बित्तीय संस्था | ७०९ | ५.८२ |
५ | साँग्रिला डेभलपमेन्ट बैंक | ३५२ | ४.७६ |
बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको मुल्य | घटेको मुल्य |
१ | हिमालयन डिष्ट्रलरी प्रालि | ६७५ | १० |
२ | खानी खोला हाईड्रो पावर | २९२ | ९.८७ |
३ | सेती फाईनान्स | १९० | ८.२१ |
४ | ग्रिन डेभलपमेन्ट बैंक | ५८० | ६.७५ |
५ | लक्ष्मी लघुबित्त बित्तीय संस्था | १०८७ | ५.०६ |
बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको रकम | अन्तिम मुल्य |
१ | प्रभुु बैंक | ३६३२१६८९ | ३४७ |
२ | सिद्धार्थ बैक | १८१९१६२६ | ९९१ |
३ | नेपाल लाईफ इन्स्योरेन्स | १४७५२३०५ | २७४० |
४ | स्टान्र्डड चार्टड बैंक | १२८२८४३८ | २१९५ |
५ | नेपाल इन्भेष्टमेन्ट बैंक | १२८१९३५४ | ७०८ |