नेप्से १७ अंकले बढ्यो, ३७ करोडको सेयर कारोवार – तालिका सहित
काठमाडौं, २६ पुस । नेप्सेमा आज भने उच्च बृदि देखिएको छ । अघिल्लो दिन छ अंकले मात्र बढेको नेप्से आज १७ दसमलव ९३ अंकले बढेर १४ सय ७६ दसमलव ९० अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि तीन दसमलव ७८ अंकले बढेर तीन सय १९ दसमलव चार अंकमा कायम रहेको छ ।
कुल एक सय २६ कम्पनीहरुको दुुई हजार सात सय २६ वटा कारोवारमा पाँच लाख ८७ हजार छ सय दुुई कित्ता सेयर खरिद बिक्री भएकोमा ३७ करोड ३२ लाख ४५ हजार छ सय एक रुपैयाँको कारोवार भएको छ ।
आज कुुल आठ वटा समुहको कारोवार भएकोमा होटल र अन्य समुहको कारोवार घटेर बाँकी समुहको कारोवार बढेको छ । उच्च अंकले बढेको बीमा समुहको सुचक एक सय ६८ दसमलव ८४ अंकले बढेर छ हजार नौ सय ७५ दसमलव ८० अंकमा कायम रहेकोमा १४ करोड २८ लाख ३७ हजार रुपैयाँको कारोवार भएको छ ।
बाँणिज्य बैक समुहको सुचक १८ दसमलव ९३ अंकले बढेर १४ सय नौ दसमलव ९३ अंकमा कायम रहेकोमा १४ करोड आठ लाख ६५ हजार रुपैयाँको कारोवार भएको छ । बिकास बैक समुहको सुचक पनि आज १० दसमलव २१ अंकले बढेर १५ सय २७ दसमलव ९३ अंकमा कायम रहेकोमा पाँच करोड ८८ लाख ८४ हजार चार सय रुपैयाँको कारोवार भएको छ ।
जलबिद्युुत समुहको सुचक २० दसमलव ८९ अंकले बढेर १७ सय ४९ दसमलव ५५ अंकमा कायम रहेकोमा ६३ लाख २७ हजार सात सय २० रुपैयाँको कारोवार भएको छ ।
फाईनान्स र उत्पादमुुलक समुहको सुचक भने आज सामान्य अंकले मात्र बढेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा एनबी इन्स्योरेन्स कम्पनी परेको छ भने गुुमाउने कम्पनीको सुचीमा महालक्ष्मी बिकास बैंक परेको छ । यसैगरी रकम कारोवारका आधारमा पनि आज एनबी इन्स्योेरेन्स कम्पनी नै अग्रस्थानमा परेको छ ।
बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको मुल्य | बढेको मुल्य |
१ | एनबी इन्स्योेरेन्स कम्पनी | ११२३ | ९.९९ |
२ | कर्णाली बिकास बैंक | ३२७ | ९.७३ |
३ | पोखरा फाईनान्स | २४५ | ८.८९ |
४ | नेपाल ग्रामिण बिकास बैंक | ५३० | ७.५१ |
५ | नेपाल इन्स्योरेन्स कम्पनी | ५३० | ७.५१ |
बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको मुल्य | घटेको मुल्य |
१ | महालक्ष्मी बिकास बैंक | २८४ | ७.१८ |
२ | पुर्णिमा बिकास बैंक | ३३६ | ७.१८ |
३ | माउन्ट मकालुु डेभलपमेन्ट बैंक | ६४२ | ४.८८ |
४ | मिथिला लघुबित्त बिकास बैंक | ९०१ | ३.७४ |
५ | राष्ट्रिय बीमा कम्पनी | १११७२ | २ |
बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस | कम्पनीको नाम | कारोवार भएको रकम | अन्तिम मुल्य |
१ | एनबी इन्स्योरेन्स कम्पनी | ४७३७४५८० | ११२३ |
२ | नेपाल लाईफ इन्स्योरेन्स कम्पनी | ३४१७२३४४ | २८८० |
३ | प्राईम कर्मसियल बैंक | २००११८१९ | ५१४ |
४ | महालक्ष्मी बिकास बैंक | १९९५२६२३ | २८४ |
५ | मेगा बैैंक | १५११५१६४ | ४९७ |