Logo
१३ मंसिर २०८१, बिहीबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलंकाको आत्मघाती गोलपछि अन्ततः नेपाल सेमिफाइनलमा

काठमाडौं, १५ पुष । खेलको अन्तिम समूहमा श्रीलङकाले दिएको आत्मघाती गोल उपहारमा नेपाल भारतको सिलिगुडीमा जारी चौथो साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपालले यसअघि समूह चरणको पहिलो खेलमा भुटानलाई ८–० तथा दोस्रो खेलमा माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो। नेपाले १८ गते (सोमबार)हुने सेमिफाइनलमा समूह बि को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ।

शुक्रबार समूह ए अन्तर्गत आज सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङकालाई १–० पराजित गरेको हो। ८७ औ मिनेटमा श्रीलङकाकी गुनाबर्दनेले गरेको आत्मघाती गोल नै खेलमा निर्णायक साबित भएको थियो। यस जितसँगै नेपालले तीन खेलमा ९ अंक जोडेको हो।

नेपालका प्रशिक्षक कुमार थापाले भने‘विपक्षी प्रशिक्षकले अपनाएको रणनितीमा उनीहरु सफल भए।उनीहरुले हामीलाई अन्तिम समयसम्म पनि बराबरीमा रोक्न सफल भए तर अन्ततः हामीले नजिता आफ्नो पक्षमा पार्न सफल भयौ।’

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्