Logo
८ मंसिर २०८१, शनिबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुँजीलाई परिचालन गर्न बैंकहरु असफल , सम्पत्तिको प्रतिफल स्वात्तै घट्यो

काठमाडौं ।  पछिल्लो समय नेपाली  बैंकहरु, आफ्नो पुँजीलाई परिचालन गर्न असफल बन्दै गइरहेको पाइएको छ । बैंकहरुले, पुँजी बढाउनका लागि बोनस सेयर प्रदान, हकप्रद सेयर तथा एफपीओहरु जारी गरिरहेपनि सो पुँजीलाई परिचालन गर्न नेपाली बैंकहरु असफल बन्दै गएका हुन । जसको असर सेयर लगानीकर्ताको प्रतिफलमा परेको छ ।

बैंकहरुको सम्पत्तिमा प्रतिफल घट्नुले बैंक तथा वित्तीय संस्थामा लगानी गरेका सेयरधनिहरुको प्रतिफल घटेको जानकारहरुको दावी छ । सेयर विश्लेषक रविन्द्र भट्टराईले भने ‘पुँजी विस्तार सँगैं बैंक तथा वित्तीय संस्थाले त्यसलाई लगानीमा विस्तार गर्न सकेनन, जसका कारण नै लगानीकर्ताहरुको प्रतिफलमा कमी आएको देखिएको हो ।’

गत असारमा बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका थिए । त्यसपछि अहिले प्रथम त्रैमास सम्मको बैंकहरुको वित्तीय विवरण आएको छ । दुबै बित्तीय विवरणलाई तुलना गर्दा गत असारमा भन्दा असोजमा बैंकहरुको सम्पत्तिमा प्रतिफल घटेको छ ।

गत असार मसान्तमा बैंकहरुको औसत रिर्टन अन इक्वीटि २२.५० रहेकोमा यो घटेर असोज मसान्तमा २०.७ कायम भएको छ । गत वर्षको असोज मसान्तमा यो औषत २४.६९ प्रतिशत रहेको थियो ।

उच्च नाफा कमाएर अग्रस्थानमा रहेको नेपाल बैंकको पनि सम्पत्तिमा प्रतिफल भने घटेको छ । गत असारमा ७८.८० प्रतिशत रहेको यसको सम्पत्तिमा प्रतिफल अहिले घटेर ६८.१० प्रतिशत कायम भएको छ ।   त्यस्तै, नबिलको  २९.७४  प्रतिशत रहेको सम्पत्तिमा प्रतिफल अहिले घटेर २७.५५ कायम भएको छ ।

यस्तै, सिटिजन्स बैंकको गत असारमा २९.४८ रहेको थियो अहिले घटेर २५.७० मा कायम भएको छ । त्यस्तै, एभरेष्ट बैंकको २५.१४ बाट घटेर २३.८५, सिद्धार्थ  बैंकको २४.८६ बाट २३.०१, राष्ट्रिय बाणिज्य बैंकको ३९.६८ बाट २१.४९, एनएमबी  बैंकको १९.८३ बाट २०.६२, नेपाल एसबीआई  बैंकको २३.५९ बाट २०.३०, सानिमा  बैंकको ३०.४८ बाट२०.३०, हिमालयन  बैंकको   २७.५३ बाट १९.७६, ग्लोबल आइएमई  बैंकको १८.९३ बाट १९.३३, माछापुच्छ्रे बैंकको १९.८९ बाट १८.५०, स्टाण्डर्ड चार्टड  बैंकको २१.२७ बाट १८.४६, प्राइम बैंकको २६.०४ बाट १८.३९,नेपाल इन्भेष्टमेन्ट  बैंकको १६.७२ बाट १८.१९, प्रभु बैंकको २४.३९ बाट १८.०८ कायम भएको छ ।

भने, सनराइज बैंकको १८.३३ बाट १६.४८, नेपाल बंगलादेश बैंकको २४.४९ बाट १४.९०, एनसीसी बैंकको २३.९६ बाट १४.१९, एनआइसी एसिया बैंकको १६.७७ बाट १४.१४, मेगा बैंकको १५.१० बाट १३.९७, बैंक अफ काठमाण्डु  बैंकको १०.६४ बाट १३.७५,कुमारी  बैंकको २२.११ बाट १३.४५, जनता  बैंकको १३.८० बाट ९.५४, लक्ष्मी  बैंकको १३.५५ बाट ९.६२ मा कायम भएको छ ।

आजको प्रभावका अनुसार,  सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले पनि बैंकहरुले पुँजी विस्तार अनुसार नाफा कमाउन नसकेका कारण सम्पत्तिमा प्रतिफल बढ्न नसकेको बताउँछन् ।

उनले भने ‘बैंकहरुले नाफामा बृद्धि नगरेको होइन गरेका छन्, तर पुँजी बिस्तारको अनुपातमा जुन नाफा कमाउनु पर्ने हो त्यसखालको नाफा कमाउन नसकेका कारण रिटर्न अन इक्वीटि घटेको देखिएको हो ।’

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्