Logo
७ माघ २०८१, सोमबार
(December 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले खुलासागदैं भने,‘संघीयता हाम्रो मुद्दा होइन्’

kp oli

काठमाडौं, २१ मंसिर । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नै आफूहरुले नचाहेको खुलासा गरेका छन् ।

सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधन विधेयक ल्याएको भन्दै बुटवल लगायतका क्षेत्रमा आन्दोलन भइरहेकाबेला नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजनलाई अन्तरवार्ता दिदैं संघीयता नै आफूहरुले नचाहेको खुलासा गरेका हुन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा भुषण दाहालसँग कुरा गर्दै आफूहरुले संघीयता नै नचाहेको खुलासा गरे । उनले एमाले मात्र नभई नेपाली कांग्रेस पनि स्थापनाकालदेखि नै संघीयता विरोधी रहेको स्पष्ट गरे ।

‘दुवै पार्टीको धारणा के हो भने यति सानो देशमा संघीयता आवश्यक पर्छ भन्ने नलागेकै हो’, ओलीले भने, ‘पुष्पलालले, बीपी कोइरालाले, मदन भण्डारीले संघीयता नसुनेर थाहा नपाएर दुनियाँको शासन प्रणालीमा जानकारी नभएर होइन, तर नेपालको सन्दर्भमा आवश्यक छ भन्ने नलागेरै हो ।’

ओलीले आफूहरुले पनि संघीयता थाहा नपाएर नजानेर नभइ नेपालको सन्दर्भमा यति विविधताले भरिएको सानो देशमा आवश्यक नभएरै संघीयता आवश्यक नठानेको स्पष्ट गरे । विविधताले भरिएको देशमा संघीयता उपयुक्त नलागेर नै नउठाएको भए पनि बीचमा जबर्जस्त रुपमा संघीयताको आवाज उठेको ओलीले बताए ।

असन्तुष्टी राखिरहन भन्दा यसलाई स्वीकार गरेर जाँदा समस्याको समाधान होला भनेर संघीयता स्वीकार गरेको पनि ओलीले खुलासा गरे ।
संघीयताको नामबाट शुरु गरेर फिट्ने (मथ्ने) कुरा मात्रै रहेछ भन्दै ओलीले संघीयता आयातित भएको समेत आरोप लगाए ।

‘एक पल्ट गरियो, जे गरियो ठीक छ भनेर जिद्दी गरेर बस्नु हुँदैन । जे गरिएको छैन, त्यो गर्नु हुँदैन भन्ने कुरा पनि होइन । ००७ साल, ०१५ साल र ०६२/६३ मा पनि संघीयता माग गरिएको थिएन, आन्दालनको माग थिएन’, ओलीले भने, यो धेरै वटा कुराहरु आयातित छन्, जो हामीले समस्या समाधानका लागि भनेर लोकतन्त्रलाई संस्थागत गर्ने लोभमा र संविधान पनि ल्याउँ भन्ने अर्थमा स्वीकार गरेका हौं ।’

यस्तै, जातका आधारमा भागबण्डा दुनियाँको कुनै देशमा पनि नभएको ओलीले बताए । शासन ब्यवस्था जातका आधारमा, विद्यार्थी जातका आधारमा पढ्न पाउने, डाक्टर इन्जिनियर जातका आधारमा हुने भन्ने ओलीले शिक्षाको उदाहरण पनि दिए ।

‘हामी मेडिसिन बढाउँछौं, ८२ प्रतिशत ल्याएका हामी जातका आधार भएनौं, ५२ प्रतिशत ल्याएको आरक्षण भनेर पाउँछ’, ओलीले प्रश्न गरे, ‘मेडिसिन पढ्ने, जसले हाम्रो अपरेशन गर्छन, ८२ र ५२ प्रतिशत एउटै हो ट्यालेन्टशीप ? आरक्षणका विषय पनि आयातिक भएको ओलीले स्पष्ट गरे ।

उनले नेपाल अल्पसंख्यकहरुको मिश्रित आवादीको देश भन्दै एमाले अध्यक्ष ओलीले जातका रुपमा विद्वेश फैलाउने गरिएको काम जनताले अस्वीकार गरेको दाबी गरे ।

प्रकाशित मिति: Dec 6, 2016

प्रतिक्रिया दिनुहोस्