अलग मधेश राष्ट्रको कुरा गरेपछि सांसद शाहलाई राजीनामा दिन अहवान
काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले संघीय समाजवादी फोरम नेपालका सांसद अभिषेक प्रताप शाहलाई मधेशको झण्डा उठाउन आग्रह गरेका छन् ।
डा.राउतले बुधबार सामाजिक सञ्जालमार्फत् सांसद शाहलाई नेपाली सांसदको पदबाट राजीनामा दिएर मधेशको झण्डा उठाउन आग्रह गरेका हुन् ।
सांसद शाहले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा मधेशी नेताहरुले मधेशमा आएर मधेश बन्द गरी मधेश राष्ट्रको माग गर्न लेखेका थिए ।