बावा रामदेवका सहयोगी आचार्य बालकृष्ण भारतका २५ औं धनी
काठमाडौं, २८ भदौ । भारत स्थित बाबा रामदेवको पतञ्जली योगपीठका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आचार्य बालकृष्ण भारतका २५ औं धनी व्यक्तिको सूचीमा परेका छन् ।
हुरुन इण्डिया रिचलिस्ट २०१६ मा ३.८ बिलियन डलर सम्पत्तिका साथ आचार्य बालकृष्ण २५ औं धनी व्यक्तिमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आचार्य बालकृष्णको पतञ्जली योगपीठका ९४ प्रतिशत सेयर रहेको छ। नेपालको स्याङ्जामा जन्मेका ४४ वर्षिय बालकृष्ण पछि बाबा रामदेवको सम्पर्कमा आएका थिए । उनी स्याङ्गजा निवासी नेपाली भएपनि लामो समयदेखि भारतमै बस्दै आएका छन ।