परराष्ट्रमन्त्री महत प्रधानमन्त्री दाहालभन्दा पहिले भारत जाँदै
काठमाडाै, २४ भदाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणअघि परराष्ट्रमन्त्री प्रकाशशरण महत भारत भ्रमणमा जाने भएका छन् ।
परराष्ट्रमन्त्रालयले विज्ञप्ती जारी गर्दै परराष्ट्रमन्त्री महतले भदौ २६ देखि २८ सम्म भ्रमण गर्ने उल्लेख गरेको छ । प्रधानमन्त्री प्रचण्डले भदौ ३० देखि भारत भ्रमणमा जाँदैछन् । भारतीय समकक्षी सुस्मा स्वराजको निमन्त्रणमा महत भारत भ्रमणमा जाने भएका हुन् ।