वल्र्डलिकंद्धारा IPTV सेवा शुरुवात, इन्टरनेटको माध्यमद्धारा टिभी हेर्न मिल्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिकंले नयाँ सेवा विस्तार गरेका छन् । वल्र्डलिकंले अब इन्टरनेटको माध्यमद्धारा पनि उच्च प्रविधिको टि.भी हेर्न पाउने नेपाली उपभोक्ताको चाहना पुरा गर्ने हेतुले आईपीटिभी (IPTV) सेवा शुरुवात गरेका छन् ।
एक कार्यक्रमको बीच कम्पनीका प्रबन्ध निर्देशक दिलीप अग्रवालले लाजिम्पाटमा नयाँ आउटलेटको उद्घाटन गरेका छन् । सो ठाँउबाट अब वल्र्डलिकंले आफना सम्पूर्ण सेवाहरु प्रदान गर्ने जनाएका छन् ।
प्रयोगकर्ताहरुलाई सहज र सरल तरिकाले सेवा प्रदान गर्ने उदेश्यले नयाँ आउटलेट खोलेको कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले बताए ।