Logo
१५ कार्तिक २०८१, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४९२ जनालाई रिहाई गर्न सरकार समक्ष मोर्चाको माग !

madheshi-morcha

काठमाडौं १७ भदौ । मधेश–थरुहट आन्दोलनको क्रममा पक्राउ परेका ४९२ जना आन्दोलनकारीहरुको नामावली संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई बुझाएको छ ।  आन्दोलनका क्रममा मुद्दा लागी पक्राउ परेकाहरु सूची संकलन गरी मोर्चाको कार्यदलले शुक्रबार गृहमन्त्रालयमा बुझाएको छ ।

नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनको सरकार निर्माणमा अहम् भूमिका खेलेको मोर्चासँग तीनबुँदे सहमति गरिएको थियो । सोही सहमतिअनुसार मुद्दा लागी हिरासतमा रहेका आन्दोलनकारीहरुलाई रिहा गर्ने जनाइएको छ । मोर्चाका अनुसार आन्दोलनको क्रममा मुद्दा लगाई ४९२ जना आन्दोलनकारी पक्राउ परेका छन् ।

फाइल फोटो

प्रकाशित मिति: Sep 2, 2016

प्रतिक्रिया दिनुहोस्