टुरिजम् डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडकोे विषेश साधारण सभा मिति २०७३ भाद्र १५ गते बुधबारका दिन सम्पन्न भएको प्रेस विज्ञप्तिमा जनाएको छ ।
सभाले कालिञ्चोक डेभलपमेन्ट बैँक लिमिटेड तथा मातभुमी विकास बैँक लिमिटेडलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै प्राप्ती पछि कायम हुन आउने चुक्ता पूँजीको आधारमा शतप्रतिशत अर्थात १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।