तमलोपामा जितेन्द्र सोनललाई महामन्त्रीमा मनोनित
काठमाण्डौ । असन्तुष्ट रहेका भनिएका जितेन्द्र सोनललाई महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा महामन्त्री पदमा मनोनित गरिएको छ ।
पार्टी महाधिवेशनको लामो समयपछि पार्टी अध्यक्ष ठाकुरले केन्द्र कार्यसमित बिस्तार गरेका थिए । तर उक्त कमिटिमा सोनललाई नराखिएपछि निकै आलोचनाहरु हुन थालिएको थियो ।
सोनलसगै अन्य नेताहरुलाई पनि मनोनयन गरिएको छ । पशुपतीदयाल मिश्रा सहमहामन्त्री, कविन्द्र ठाकुर सह कोषाध्यक्ष र कृष्णासिंहलाई सहप्रवक्ता पदमा कनोनायन पार्टीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।