ज्यान गुमाएकाहरुको शोकमा विद्यालय बन्द
रौतहट ११ भाद्र । गौरबाट पोखरा गइरहेको बस शुक्रबार बिहान दुर्घटना हुँदा सो दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज आइतबार रौतहटका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । नेपाल शिक्षक महासंघ रौतहटले ज्यान गुमाएकाहरुप्रति भाद्र १२ गतेका दिन जिल्ला भरिको विद्यालय बन्द गरि शोक मनाउन घोषणा गरेको छ ।
साथै संघले मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन नेपाल सरकारसँग विज्ञप्ति मार्फत माग गरेको छ । दुर्घटनामा शिक्षकहरु चितरंजन प्रसाद यादव, राजेश प्रसाद यादव, रामबालक जैसवाल, सन्ध्या श्रीवास्तव, गणेश साह लगायतको मृत्यु भएकोले शोकमा १ दिन सम्पूर्ण विद्यालय बन्द गर्न निर्णय भएको महासंघले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छन् ।