अरुण संघानिया हत्याका अभियुक्त अदालतमा उपस्थित
धनुषा । सञ्चार उद्यमी अरुण संघानियाको हत्याका प्रमुख अभियुक्त विनोद यादव आफैँ अदालतमा उपस्थित भएका छन् ।
संघानियाको हत्याका प्रमुख अभियुक्त यादव मंगलबार जिल्ला अदालत धनुषामा आफै उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय डिएपी नकुल पोखरेलले जानकारी दिए ।
२०६६ सालमा संघानियाको हत्या लगत्तै फरार रहेका यादवलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेर खोजी गरिरहेको थियो ।