सप्तरीका बाढीपीडितलाई मधेशी समाज अष्ट्रेलियाको आर्थिक सहयोग
काठमाण्डौ ३० साउन । सप्तरीका बाढी पीडितहरुको घर निर्माणमा मधेशी समाज अष्ट्रेलियाको भिक्टोरिया च्यापटरले आर्थिक सहयोग गरेको छ । सप्तरीका बाढी पीडितहरुको घर निर्माणका लागि खडा गरिएको ‘रिबिल्ङ्गि रिलिफ फण्ड’मा मधेशी समाजले नेपाली रुपैंया करिब ६० हजार जम्मा गरेको छ ।
फण्डको संयोजन गरिरहेका सरोज रायले सप्तरीका बाढी पीडित मध्येका अतिविपन्न परिवारको पूर्ण रुपमा क्षति भएको घर निर्माणमा उक्त रकम खर्च हुने बताए । रायले मधेशी समाज अष्ट्रेलियाको भिक्टोरिया च्यापटरले गरेको सहयोगको प्रसंशा गर्दै अन्य क्षेत्रलाई पनि सहयोग गर्न आग्रह गरे ।
त्यस्तै, उक्त रिलिफ फण्डमा अमेरिकामा रहेका मधेशीहरुले संयुक्त रुपमा एक लाख नेपाली रुपैंया जम्मा गरेका छन् । विनोद प्रसाद साहको नामबाट जम्मा भएको रकम अमेरिका स्थित मधेशीहरुले जम्मा गरेको रायले बताए ।