Logo
९ माघ २०८१, बुधबार
(August 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ दलको तयारी: सम्झौताको चाङ्ग बन्दै गएको मधेशी बुद्धिजीबीहरुको निष्कर्ष

Madheshi Budhijiwi

काठमाडौं, २३ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नामधारी नेताहरुले पटक–पटक मधेशीको सहादतलाई सम्झौतामा सीमित गर्दै आएको आरोप लगाउँदै मधेशी बुद्धिजीबीहरुले नयाँ राजनीतिक शक्ति निर्माणका लागि छलफलमा जुटेका छन् । मधेशका नाममा सहमति र सम्झौताको चाङ्ग बनाउँदै आएको मधेशी बुद्धिजीबीहरुको निष्कर्ष छ ।

शनिबार मधेशी बुद्धिजीबीहरुको एक बैठकले मधेशी मोर्चाको विकल्प खोज्नुका साथै मधेशमा जागरण अभियान चलाउने निष्कर्ष निकालेको छ । वरिष्ठ मधेशवादी राजनीतिज्ञ खुशीलाल मण्डलले अधिकार प्राप्तिका साथै समाजमा मोलाइरहेको विकृति विसंगतिको विरुद्धमा मधेशमा जागरण अभियान चलाउने मधेशवाणीसँगको कुरामा बताएका छन् ।

उनले मधेशी मोर्चाले कांग्रेस–माओवादी केन्द्रसँग गरेको तीनबुँदे सहमतिको कडारुपमा आलोचना गरेका छन् । ‘कांग्रेस र माओवादी मधेश मुद्दाप्रति इमान्दार भएको भए आज यत्रो ठूलो मधेश आन्दोलन हुने नै थिएन’ उनले भने, ‘माओवादी त कहिल्यै पनि संघीयताको पक्षमा थिएन ।’ उनले अन्तरिम संविधान जारी हुँदा संघीयतालाई हटाउँदा माओवादीले एकपटक पनि विरोध नगरेको र अहिले आएर उनीहरुसँग पुनः सम्झौता गर्नु धोका भएको बताए ।

शनिबार बसेको बैठकमा मधेश नागरिक समाजका अध्यक्ष तथा पूर्वमन्त्री डा. डम्बरनारायण यादव, मधेशी नागरिक समाजका संयोजक गणेश मण्डल, पूर्वमन्त्री रामचन्द्र कुशवाहा, सदनन्दन कुर्मी, रामअवतार मण्डल, मनोहर अग्रवाल, बदन मण्डल, वरिष्ठ सँगीत शास्त्री गुरुदेव कामत, कामेश्वर मण्डल लगायतको उपस्थिति रहेको थियो । उनले नयाँ निर्माण हुने राजनीतिक शक्तिले मधेशमा जातिवाद, भ्रष्टाचार, सामाजिक विकृति लगायतका विरोधमा पनि जनतामाझ जागरण अभियान चलाउने जानकारी दिए ।

प्रकाशित मिति: Aug 7, 2016

प्रतिक्रिया दिनुहोस्