Logo
१३ मंसिर २०८१, बिहीबार
(August 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वका नौ जिल्ला बन्द, जनजीबन कष्टकर

Limbuwan-Banda

धरान, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण शनिबार पूर्वी नेपालको जनजीबन विहानैदेखि प्रभाबित बनेको छ । एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा छन् ।

पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा, ईलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधनहरु चलेका छैनन् । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन नसक्दा जनजीबन कष्टकर बनेको छ ।

पृथ्वी नारायण शाहले एकिकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा परिषदले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्दछ ।

बजार पसल, शिक्षण संस्था, उद्योग धन्दालगायतमा पनि बन्दको प्रभाव परेको छ । बन्दका कारण यात्रामा रहेका सर्वसाधारण बढी मारमा परेका छन् ।

 

प्रकाशित मिति: Aug 6, 2016

प्रतिक्रिया दिनुहोस्