प्रधानमन्त्रीमा दाहालले शपथ लिएकै दिन सेयर बजार ओरालोमा
काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसूचक ४५.१२ अंकले कमी आएको छ । कुल २७ लाख ५१ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहालले शपथ लिएकै दिन नेप्से परिसूचकमा उच्च कमी आएको हो । कुल १४२ कम्पनीको एक अर्ब ५० करोड ९ सय ९६ रुपैयाँ मूल्यको सेयर कारोबार भएको हो ।
स्टकका अनुसार बैंकिङ समूह २.३४, होटल ४.५५, विकास बैंक २.७७, जलविद्युत् २.२१, फाइनान्स २, बिमा ३.३८, उत्पादन १.९७ र अन्य समूह १.४८ प्रतिशतले कमी आएको हो ।