पिपलको बिरुवा रोपेर बालुवाटारबाट बाहिरिए प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारमा पिपलको बिरुवा रोपेर बिदा भएका छन् । व्यवस्थापिका संसदले बुधबार नै नयाँ प्रधानमन्त्री चयन गर्ने निश्चित भएपछि ओली बालुवाटारबाट बाहिरिएका हुन् ।
बालुवाटार छाडेका ओली संसद बैठकमा सहभागी हुन संसदभवन नयाँ बानेश्वर आएका थिए । सरकारी निवास छाड्नुअघि ओलीले बालुवाटारमा रहेका कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरेका थिए ।
आफू बालुवाटारमा रहँदा पुर्याएको सहयोगको प्रशंसा गर्दै ओलीले कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेको उनका प्रेस सल्लाहकार प्रमोद दहालले बताए ।
ओलीलाई मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरी बालकोट पुर्याउने युवा संघको तयारी छ । बालकोट चोकमा पनि धिमे बाजासहित ओलीको स्वागत गर्ने कार्यक्रम रहेको छ ।