Logo
९ माघ २०८१, बुधबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस-माओवादी र मधेसी मोर्चाबीच निर्णयक छलफल

Madheshi_NC_Mo

काठमाडौँ १९  साउन । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठनलगायत विषयमा निर्णायक छलफल हुँदैछ ।

तीनपक्षबाट गठित कार्यदलबीच मंगलबार साँझसम्म भएको वार्तामा मस्यौदाको केहि बुँदामा सहमति जुट्न बाँकी र आज बिहानको शीर्ष नेताको बैठकले अन्तिम टुङ्गो लगाइने कार्यदलका सदस्य एवम् काँगे्रस नेता विमलेन्द्र निधिले बताए ।

मोर्चाका तर्फबाट कार्यदलका सदस्य एवम् सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले केही शब्दावलीमा रहेको विवाद आजको बैठकबाट टुंग्याइने बताए ।

आजको बैठकमा सहमति नभए मधेसी मोर्चाले प्रचण्डको पक्षमा मतदान नगर्ने सम्भावना रहेको छ । प्रधानमन्त्री निर्वाचन ११ बजे तोकिएकाले सो अघि नै दलहरुबीच सहमति बन्नुपर्नेछ ।

तीन पक्षबीच कुरा नमिलेको भन्ने प्रचार गलत भएको दाबी गर्दै उनले आज सहमतिमा हस्ताक्षर हुनेमा बताए । तीन दलबीच मधेस आन्दोलनको क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्ने, घाइतेको उपचार र उचित क्षतिपुर्ति दिने, संविधान संशोधन प्रक्रिया अगाडि बढाउनेलगायत मोर्चाले उठाउँदै आएका माग सम्बोधन गर्ने र मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सघाउने मौखिक सहमति भएको भनिएपनि अन्तिम समयमा आएर त्यसलाई अन्तिम रुप दिने क्रममा नेताहरुबीच विवाद भएको थियो ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्