प्रचण्डलाई एकनाथको पार्टीले पनि भोट हाल्ने
काठमाडौ १९ साउन । एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
यसअघि परिवार दलले केपी ओली नेतृत्वको सरकारलाई पनि सघाएको थियो भने ढकाल शान्ति तथा निर्माणमन्त्री भएका थिए ।
संसदमा नेपाल परिवार दलको दुई सिट रहेको छ ।