नेपाली यूवा निर्देशक अनिलसंग भारतिय निर्देशक शिरिषले मागे ८ करोड क्षतिपुर्ति !
फेरी यूट्युबमा आयो किर्ती
काठमाण्डौ । केहि समय अघि यूट्युबबाट हटाइएको हिन्दी लघु चलचित्र ‘किर्ती’ पुन: यूट्युबमा आएको छ।
नेपाली लघु चलचित्र ‘बब’को कथा चोरी गरिएको भन्दै हटाइएको करिब १७ दिनपछि फिल्म यूट्युबमा आएको हो ।
सत्यको जीत भयो भन्दै चलचित्रका निर्देशक शिरिष कुन्देरले ‘किर्ती’ यूट्युबमा आएको ट्विट गर्दै जानकारी दिएका हुन् ।
यस्तै उनले नेपाली निर्देशक अनिल न्यौपाने विरूद्ध आफ्नो मानहानी गरेको भन्दै ५ करोड भारू अर्थात ८ करोड नेपाली रूपियाँ बराबरको क्षतिपुर्ति दाबी गर्दै मुद्धा हालेका छन्।
‘किर्ती’ हालसम्म ३१ लाख भन्दा बढी पटक हेरिएको छ ।
भिडियो :-