अयोधिप्रसाद यादव, प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन
काठमाडौं । संदसको संसदीय सुनुवाई समितीले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवको नाम अनुमोदन गरेको छ ।
शुक्रवार सिंहदरबारमा बसेको समितीको बैठकले सर्वसम्मत रुपमा यादवको नाम अनुमोदन गरेको हो ।
समितीले उनको नाम अनुमोदन गरेसँगै यादवलाई प्रमुख निर्वान आयुक्त नियुक्त गर्नका लागी बाटो खुलेको छ ।
हाल कार्यवाहक प्रमुख आयुक्तका रुपमा रहेका यादवको विरुद्ध सर्वोच्चमा रिट परेको थियो ।