सुन्दा अचम्म लागेपनि, घटना वास्तविक : जन्मेदेखि नै ४२ वर्षसम्म ओछ्यानमै
म्याग्दी । जन्मेदेखि नै ४२ वर्षसम्म पनि कोही मानिस ओछ्यानमै रहेको सुन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविक घटना हो ।म्याग्दीको भगवती–७ हुमेनटोलकी पदमकुमारी रिजाल जन्मदेखि नै अपाङ्गता भएपछि ओछ्यानमै थला परेकी छिन् । विसं २०३१ मा आमा हरिकला र बुबा पृथुलाल रिजालको माइली छोरीका रुपमा जन्मिएकी रिजालको शरीरको कुनै अङ्गले काम नगरेपछि उनी आफ्नो जीवनको ४२ वर्ष बितिसक्दासमेत जन्मेदेखि नै ओछ्यानमै जीवन बिताउन विवश बनेकी हुन् ।
पदमकुमारी सुताएको ठाउँबाट हलचल गर्न र बोल्नसमेत सक्दिनन् । उनलाई खाना खुवाउनेदेखि सबै काम अरूले गरिदिनुपर्छ । घरमा उनी मात्रै होइन पदमकुमारीकी जेठी दिदी चेतकुमारीसमेत अपाङ्गता भएकी छिन् । वाक र बहिरा अपाङ्गता रहेकी चेतकुमारीले जन्मेदेखि नै थला परेकी बहिनी पदमकुमारीको स्याहार गर्दै आएकी छिन् । पदमकुमारी जन्मेको सात महिनासम्म सामान्य नै थिइन् ।
‘‘भुइँमा एक्लै पल्टेर खेल्थी, आवाज निकाल्थी, आठ महिनामा बिरामी परी, त्यसपछि बेनीमा लगेर उपचार पनि ग¥र्यौं, तर उसको शरीरका अङ्गले काम नै गरेनन््”, उनकी आमा हरिकलाले भनिन् । छोरीलाई घरमा डालीमा राखेर बस्न सक्ने बनाउन पनि खोजे रिजाल परिवारले । गाउँमा झारफुक पनि गरे । अस्पतालमा पनि लगे । तर कहीँबाट केही उपाय ननिस्किएपछि उनीहरु ओछ्यानमै ढलेकी छोरीलाई हेरेर बस्न विवश छन् ।
“अहिलेको जस्तो सुविधा त्यतिबेला थिएन, गाउँमा गर्ने सबैखालका उपचार गर्दासमेत माइली छोरी पदमकुमारी कहिल्यै उठ्न र बोल्न सक्ने भइनन्, अहिलेको जस्तो उपचार सेवा पाएको भए सायद निको हुने थियो होला, आर्थिक अभावले त्यतिबेला उपचारका लागि ठूला ठाउँमा पु¥याउन सकेनाँै”, आमा हरिकलाले चिन्तीत हुनै भनिन् ।
अपाङ्गता भएकी पदमकुमारीलाई बिहानदेखि बेलुकीसम्म नै रेखदेख गर्ने एकजना सहयोगी आवश्यक पर्छ । ‘‘काम विशेषले घर छाडेर बाहिर गएँ भने पनि यिनैको याद आउँछ, कतै छोरी भोकै भई कि ? कतै केही पो भयो कि ? भनेर चिन्ताले सताउँछ, आफ्नो सन्तानजस्तो भएपनि प्यारो हुँदोरहेछ”, उनले थपिन् ।’ सामान्य पुरोहित पेसाबाट परिवार चलाएका घरमुुली पृथुलाल रिजाल दुवै छोरी अपाङ्ग भएपछि उनीहरुको पालनपोषणमा समस्या भएको बताउँछन् । पत्रकार कमल खत्रीको सहयोगमा