Logo
३ आश्विन २०८१, बिहीबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई राजावादी राप्रपा समुहको एकता फेरी विवादमा

RPP Ektaकाठमाडौं । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको वकालत गर्ने दुई राजावादी संगठनबीच हुने भनिएको एकता पक्रियामा विवादमय भएको छ ।

यसअघि एउटा पत्रकार सम्मेलनमार्फत राप्रपा नेपाल समानान्तर र राप्रपा नेपालको निलम्बनमा परेका केशरबहादुर विष्ट समुहबीच एकता घोषणा गरी एकीकृत राप्रपा निर्माण अभियानमा संलग्न हुने दावी गरिएको थियो ।

यद्यपी उक्त पत्रकार सम्मेलनमा दावी गरिएझै उक्त घोषणा वैद्यानिक नभएको भन्दै राप्रपा नेपाल समानान्तर अर्को विज्ञप्ति जारी गरेको छ ।

राप्रपा नेपाल समानान्तरबाट अनुशासनको कारवाही भइ साधारण सदस्यबाट निष्काशन भएका श्याम तिमिल्सिना सिद्धान्तबाट विचलित भई एकीकृत राप्रपा निर्माण अभियानमा सहभागी भएको हुन सक्ने राप्रपा नेपाल समानान्तरका महामन्त्री रामु राईद्वारा जारी विज्ञप्तिमा दावी गरिएको छ ।

समाचार श्रोतले भने विष्ट राप्रपा नेपालबाट निलम्बित सह–अध्यक्ष हुन् । उनलाई अध्यक्ष कमल थापाले पार्टीबाट निष्काशन गरिसकेका छैनन्, निलम्बन मात्र गरेका छन् ।

विष्टले पनि राप्रपा नेपालबाट राजीनामा दिएका छैनन् । यस अर्थमा विष्ट कानुनी रुपमा निलम्बित अवस्थामा रहेका राप्रपा नेपालकै सदस्य हुन् ।

विष्टको अभियानमा प्रवेश गरेका श्याम तिमिल्सिना दोस्रो संविधान सभा निर्वाचनपछि सभासद हुन नपाएपछि राप्रपा नेपालबाट बाहिरिए थिए । सभासद पदकै विवादबीच कमल थापाका कार्यकर्ताले तिमिल्सिनालाई कालो मोसो समेत दलेका थिए ।

विष्टले राजनीतिमा कनिष्ट छोरा बिराजलाई सभासद बनाएपछि तिमिल्सिना विष्टसँग क्रुद्ध भएको भए पनि अहिले दुवै एक ठाउँ उभिएका छन् ।

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्