टेलिकम कार्यलयमा कर्मचारी युनियनको धर्ना
काठमाडौं । नेपाल टेलिकम कर्मचारी युनियनले आइतबारबाट टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंमा धर्ना सुरु गरेको छ ।
विभिन्न माग राखी कर्मचारीहरुले आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएको युनियनका अध्यक्ष राजकुमार मेहताले बताए ।
कम्पनी ऐनको विरुद्धमा भएको निर्णय खारेज गर्नु पर्ने, ट्रेड युनियनले गरेका सम्झौता कार्यन्वयन हुनु पर्ने जस्ता माग राखी युनियन धर्नामा बसेको मेहताले बताए । आन्दोलनको कार्यक्रम अन्तरगत धर्ना २४ गतेसम्म चल्ने छ । त्यसपछि विरोधको स्वरुप परिर्वतन हुने जनाइएको छ ।