अर्थमन्त्री बिरुद्ध यसरी खनिए कांग्रेसका खतिवडा
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार संसदे बैठकमा सांसदहरुको कुरा सुनिरहेका थिए । तर ३ बजेपछि बैठकमा केहीबेर उनी देखिएनन् ।
बजेटमाथिको छलफल भएकाले अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्छ । तर, उनी पिसाब फर्ने भन्दै बाहिरिएका थिए । त्यही बेला संसदमा प्रश्न उठाइयो ।
काँग्रेस सांसद रामहरि खतिवडाले अर्थमन्त्रीको उपस्थितिबिना संसद् बैठकको औचित्य नहुने भन्दै स्थगित गर्न माग गरे । तत्कालै अर्थमन्त्री पौडेल टुप्लुक्क आइपुगे ।
शौचालय जाँदै गर्दा यो प्रश्न उठाएपछि मन्त्री पौडेल त्यतिकै फिर्ता आएका हुन् । राजधानीले खबर छापेको छ ।