आतङ्ककारी आक्रमणमा दश जना पाहुनाको हत्या
मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटलमा आक्रमण गरी त्यहाँ रहेका कम्तीमा पनि दश जना पाहुनाको हत्या गरिएको समाचार छ । सो आक्रमणमा परी अरु २५ जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । उक्त आक्रमण सोमालियाको सशस्त्र विद्रोही संगठन अल सेबाबले गरेको हो ।
उक्त संगठनले बिहीबार बिहान भएको सो हमलाको जिम्मेवारी पनि लिएको समाचारमा जनाइएको छ । विस्फोटक पदार्थ बोकेको कारलाई मोगादिसुमा रहेको होटल एम्बेसेडरमा कारबम लगेर ठोक्काइएको थियो । उक्त बम हमलामा परी अरु २५ जना नराम्ररी घाइते भएका पनि बताइएको छ ।
मोगादिसुका एकजना प्रहरी अधिकारी मोहम्मद फराहले भने– हामीले सो होटलमा दश जनाको ज्यान गएको र २५ जना घाइते भएका पुष्टि गरेका छौँ । सुरुमा लगेर कारबम ठोक्काइएको थियो र त्यसलगत्तै बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार सुरु गरेका थिए । उनीहरुले होटलका पाहुनालाई तारो बनाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
अहिले पनि सो हेटलभित्र केही व्यक्ति रहेकोले उनीहरुको उद्वारका लागि प्रहरीले काम गरिरहको जानकारी दिएका छन् । रासस/एएफपी