द्वन्द्वकालीन मुद्दाबारे तत्कालिन प्रम देउवाको प्रतिकृया ‘दोषी सुरक्षाकर्मी होइन अर्कै..’
नेपाली सेना, जनपद् प्रहरी र सशस्त्र प्रहरी कुनै एउटा पार्टी विशेषको नभएर राज्यका सुरक्षाकर्मी भएको भन्दै उनले सरकारको निर्णयअनुसार परिचालित सुरक्षाकर्मीलाई मानवअधिकार उल्लंघन गरेको अभियोगमा जेल हाल्नुपर्ने मानवअधिकारकर्मीहरुका अभिव्यक्ति आपत्तिजनक भएको बताए ।
माओवादीले सशस्त्र जनयुद्ध सुरु गर्दा र जनयुद्धलाई कारण देखाउँदै संकटकाल लगाउँदा देउवा प्रधानमन्त्री थिए ।दश वर्षे द्वन्द्व नेपालको आन्तरिक समस्या भएको भन्दै उनले मेलमिलापको बाटोमा जानुपर्ने बताए ।
कार्यक्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले भने द्वन्द्वकालीन घटनाका दोषीलाई आममाफी दिने कुरा आयोगलाई कुनै हालतमा स्वीकार्य नहुने बताए । उनले आयोगको उद्देश्य मेलमिलापको वातावरण तयार पार्ने भएको तर त्यसको नाममा पीडितहरुको सहमतिविना आममाफी दिने कुरा भने स्वीकार्य नहुने बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले द्वन्द्वकालका सबै मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगको मातहत ल्याइनुपर्ने अन्यथा आयोग गठन गरेको औचित्य पुष्टि नहुने बताए ।