निःशुल्क एम्बुलेन्स नमिलाएको भन्दै तीन महिलाले दले यीनलाई कालोमोसो !
डि.बी. चन्द, बैतडी । जिल्ला अस्पताल बैतडीका प्रमुख डा. गुणराज अवस्थीमाथि दुव्र्यवहार गरिएको छ ।
दशरथचन्द नगरपालिका–१ का स्थानिय महिलाहरुले अस्पतालमा कार्यरत अवस्थामा डा अवस्थीलाई कालोमासो दलेर दुव्र्यहार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउसो तीन महिलाले अचानक आएर कालोमोसो दलेका हुन् । एक जनाले हात समातेर दुईजनाले कालोमोसो दलेको प्रहरी नायव उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।
डा. अवस्थीले एक हप्ता अघि (गत जेठ १६ गते) पेटमा तीन बच्चा भएकी एक महिलालाई जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भन्दै क्षेत्रीय अस्पतालमा रिफर गरेका थिए ।
तर, आफन्तले उनलाई क्षेत्रीय अस्पताल नलिइ घरमै राखेका थिए । फेरि शनिवार जिल्ला अस्पतालमै ती महिला आएपछि डा अवस्थीले आफन्तलाई ज्यान जोखिममा रहेकाले क्षेत्रीय अस्पताल नपुर्याएको भन्दै हप्काएका थिए ।