चोरीको मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो !
मेलम्ची । गत चैत पहिलो साता काठमाडौँबाट हराएका बा३५प ८१४८ र बा५१प ४१५६ नंका मोटरसाइकल मगलवार सम्बन्धित धनीलाई बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई सवारी धनीहरु ललितपुर बालकुमारीका प्रेमकृष्ण महर्जन र काठमाडौँ मुलपानीका सुजन खड्कीले प्रहरी समक्ष मोटरसाइकलको काजगपत्र बुझाएपछि ती सवारी साधन हस्तान्तरण गरिएको हो ।
रातोपाटीमा उल्लेखित समाचार अनुसार काठमाडौँबाट हराएका ती मोटरसाइकल १५ दिन अघि इलाका प्रहरी कार्यालय मेलम्चीले फेला पारेको थियो ।
प्रहरीका अनुसार सवारी जाँच गर्ने क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । मोटरसाइकल चालक भने सवारी दर्ता किताब लिएर आउँछु भन्दै फरार भएको प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिए ।