पुरुष समलिंगीहरुको क्लब पल्समा गोलाबारी, २० को मृत्यु !
काठमाडौं । अमेरिकी राज्य फ्लोरिडाको ओर्लान्डो शहरस्थित एक नाइट क्लबमा भएको गोलाबारीमा २० जनाको मृत्यु भएको छ ।
पुरुष समलिंगीहरुको क्लब पल्समा गोलाबारी भएको हो । पुलिसका अनुसार कम्तिमा २० जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । आक्रमणकारीले केहीलाई बन्धक समेत बनाएका थिए ।