Logo
१९ मंसिर २०८१, बुधबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिटनेश च्याम्पियनशिप प्रतियोगितामा नेपालको उत्कृष्ट प्रर्दशन

हिमालय किङ्डम नेप्लिज फेडरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेशले मङ्गोलियामा जारी सेन्ट्रल एण्ड ईस्ट एसिया बडिबिल्डिङ एण्ड फिटनेश च्याम्पियनशिप प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्न सफल भएको छ । हङ्कङमा बसोबास गर्ने किशोर पुन, भिस गुरुङ् र बसन्त गुरुङ्ले नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितमा सहभागिता जनाएका थिए । प्रतियोगितामा मास्टर्स (४०–४५) बर्ष उमेर समूह अन्र्तगत किशोर पुनले तृतिया र (८०) केजी समूह अन्र्तगत चौथो स्थान हासिल गरे भने मेन्स क्लासिक र फिजिक्स तर्फ बसन्त र भिसले क्रमश चौथो स्थान हासिल गरे । चीन, हङ्कङ, कोरिया, जापान, मङ्गोलिया, ताईवान लगायतका देशबाट सहभागीता जनाएको प्रतियोगितामा नेपालको टिम तेश्रो भएको थियो । अध्यक्ष तथा अन्तराष्ट्रिय जज समेत रहेका लोकेन्द्र परियारले पनि उक्त प्रतियोगितामा मुख्य निर्णायकर्ताको भूमिका सम्हालेका थिए । नेपालको प्रर्दशन सन्तोषजनक भएको बताउँछन् परियार, भन्छन– “छोटो तयारीमा जुन साहस र धैर्य प्रर्दशन गरे नेपाली खेलाडीहरुले, त्यो अन्तराष्ट्रिय मैदानमा निकै नै तारिफ योग्य थियो ।” पूर्वतयारी र पर्याप्त पूर्वधार भए हाम्रा खेलाडी पनि कम छैनन् भन्ने प्रमाणित भएको छ उनी थप्छन् । मङ्गोलिया बडिबिल्डिङ् फेडरेसन र एसिया बडिबिल्डिङ् फेडरेसनको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितालाई अन्तराष्ट्रिय गर्भनर्स बडिविल्डिङ्ले मान्यता दिएको थियो । सन् १९४६ मा क्यानेडियन नागरिक दाजुभाई जोई र बेन वाईडरले स्थापना गरेको संस्था आज विश्वभरि १९० देश भन्दा बढिमा फैलिसकेको छ । संस्था मार्फत हरेक बर्ष बिश्वभर दुईहजार भन्दा बढि कार्यक्रम हुने गर्छ । यहि संस्था मार्फत मान्यता प्राप्त हिमालयनको लागि यो अवसर आगामी दिनका लागि सुनौलो हुने खेलाडीहरुको दाबी छ ।

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्