परिवारसहित पूर्वराजा त्रिशूली नदिमा र्याफ्टिङमा
काठमाडौ । भारत भ्रमण सकेर फर्किएपछि पूर्वाराजा ज्ञानेन्द्र शाहले चाल्ने हरेक कदमबारे राजनीति वृत्तमा अनेक अनुमान चलिरहँदा उनी भने परिवारसहित त्रिशूली नदिमा र्याफ्टिङ गर्न पुगेको खबर अन्नपूर्णमा छापिएको छ ।
पत्नी कोमल, बुहारी हिमानी तथा नाती हृदयेन्द्र र दुई नातिनीका साथमा आएका शाहले र्याफ्टिङ गरेका हुन्।
यस्तै मुग्लिनपारि पर्ने तनहुँको आबुखैरेनीस्थित मोटेल डु मुग्लिनमा उनले परिवारसित दुई रात बिताएको होटलका कर्मचारी बिष्णु थापाले जानकारी दिए।