छोरीको दूध बाबुले पिए पछि हल्लिखल्लि
४० वर्षीय बेलायती हेलेन फित्जसिमोन्सले छोरा र ७२ वर्षीय बाबुलाई स्तनपान गराउँदै आएको १६ महिना भयो । यो समाचारले बेलायतमा हल्ली खल्ली मच्चाइको छ ।
निको पार्न नसक्ने रोग क्यान्सरबाट ग्रस्त बाबुलाई आफ्नो दूध पिलाउन थालेपछि ७२ वर्षीय बूढा आर्थर पहिलाभन्दा स्वस्थ हुन थालेको दाबी हेलेनको छ ।
स्तनपान गराए बच्चाको रोगसँग लड्ने क्षमता बढ्छ भन्ने सूचना पाएपछि छोरालाई दूध पिलाउन थालेका उनले सँगसँगै आफ्ना बृद्ध बाबुलाई पनि स्तरपान गराउन थालेकी हुन् ।
माइलोमा र प्रोस्टेटको क्यान्सरबाट थला परेका आर्थरले दिनको दुई औशको दरले छोरीको दूध पिउने गरेका छन् । एजेन्सी