प्रधानमन्त्री समेत यौन कर्मीसगँ भटिए पछि हंगामा !
राजधानीकी एक यौनकर्मी महिलाको सनसनीपूर्ण बयानः प्रधानमन्त्री पनि म भनिन्छ, प्रधानमन्त्री देश चलाउने पदीय जिम्मेवारी बोकेको ब्यक्ती हो । त्यो पदका थुप्रै सीमा र घेरा पनि हुन्छन् ।
गैरकानुनी बस्तुको उपभोग र संरक्षण दिन पनि पाइदैन् । तर, यहाँ अवैध यौनधन्दा चलाउने एक यौनकर्मी महिलाको काखमा सुत्न प्रधानमन्त्री समेत जाने गरेको खुलासा भएको छ ।
बेलायतको राजधानी लण्डनकी एक यौनकर्मी महिलाले सनसनीपूूर्ण खुलासा गरेकी छिन् । मसाज पार्लरको नाममा राजधानी लण्डनमा २० वर्षदेखि यौनधन्दा चलाउँदै आएकी ४२ वर्षीय माइरा लिंग फोर्बले देशका प्रधानमन्त्री समेत यौनसम्पर्कको सन्तुष्टि लिन आफूसँग सुतेको खुलासा गरेकी हुन् ।
उनका अनुसार बेलायतका पाँच वटा प्रधानमन्त्रीले उनीसँग शारीरिक सम्पर्क राखेका छन् । बेलायतमा उनी चर्चित व्युटिसियन मानिन्छिन् । तर, प्रहरीले छापा हान्दा उनको मसाज पार्लरमा यौनधन्दा हुने रहस्य २० वर्षपछि खुलेको हो ।
प्रहरीको सोधपुछमा माइराले बेलायतका प्रतिष्ठित व्यक्तित्वहरुसँग शारीरिक सम्पर्क राख्दै आएको बताएकी छिन् । यूकेका पूर्व प्रधानमन्त्री एडवर्ड हीथले पनि उनीसँग शारीरिक सम्पर्क राखेको खुलासा भएको छ ।
प्रधानमन्त्री एडवर्ड पदमा भएकै बेलादेखि उनका खास ग्राहक हुन् । यौनधन्दा चलाएको भन्दै माइराविरुद्ध २०१४मा एउटा उजुरी परेको थियो । जसमा माइराले कलिला बच्चाहरुलाई यो धन्दामा लगाएको आरोप लगाइयो ।
तर, माइराले अर्कै खुलासा गरिन् । माइराले भनिन्९‘पूर्व प्रधानमन्त्री उनको काखमा सुत्न अधिकांश समय आउथे र उनी खास ग्राहक थिए । उनले देशकै प्रधानमन्त्रीको सहयोगमा यौनधन्दा सञ्चालन गर्दै आएको पनि खुलासा भएको छ ।
यो बीचमा उनी दुई पटक जेल परिसकेकी थिईन् । तर, उनलाई प्रधानमन्त्रीले नै बचाएका थिए । अहिले माइरा प्रहरीको हिरासतमा छिन् ।
उनको मुद्दामा २० दिनपछि उच्च अदालतले फैसला गर्दैछ । बेलायतमा वेश्यावृति धन्दा गर्न बन्देज छ । एजेन्सी