एक्सक्लुसिभ: नयाँ राजदूत बन्न प्रदिप ज्ञवालीदेखि राम कार्की,नन्दन दत्त र प्रभु शाहसम्मको दौड
काठमाण्डौ । सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरे लगत्तै सत्ताधारी दल एमाले र एमाओबादीका नेताहरुको कुदाकुदँ सुरु भएको छ ।
चार वर्षमध्ये एक वर्ष ५ दिन मात्र कार्यकाल बित्दा सरकारले गम्भिर आरोप लगाउँदै दीपकुमार उपाध्यायलाई फिर्ता बोलाए पछि एमालेका प्रदिप ज्ञवाली देखि एमाओबादीका राम कार्की, नन्दन दत्त र प्रभु शाहसम्मले भारत राजदूत बन्नका लागि दौड चलाएको बुझिएको छ ।
राम कार्कीले यस अघि पनि एग्रिमो नपाएकाले उनको बिकल्पमा मधेसी समुदायका नेता नन्दन दत्त र प्रभु शाहलाई समेत अगाडि सारेको हो । मधेसी समुदायका यी ब्यक्तीलाई सार्दा भारत खुसी हुन्छ की भन्ने एमाओबादीको बुझाई छ ।
नन्दन दत्तको पहिले मधेसी जन अधिकार फोरमबाट एमाओबादीमा प्रवेस गरेका नेताहुन् । उनको अहिले भारतिय राजदुताबासमा राम्रो सम्बन्ध रहेको मानिन्छ भने शाह विवादित नेताकारुपमा चिनिन्छन् । त्यसो त उपाध्ययलाई फिर्ता बोलाइएपछि रिक्त भारतीय राजदूत पदका लागि अन्य आकांक्षीहरु झै पुर्वगृहमन्त्री माधव घिमिरेले पनि निकै चर्को दौडधूप चलाएका छन् ।
प्रधानमन्त्री ओली भने प्रदीप ज्ञवालीलाई दिल्ली पठाउने सोँचमा बनाइरहेको बताइन्छ । त्यसो त एमाओबादीबाट जो सुकै भए पनि भारतले एग्रिमो नदिने छनक पाए पछि भारतसगँ राम्रो सम्बन्ध बनाएका एमालेका ज्ञवालीलाई नै ओलीले भारतका लागि नेपाली राजदूत बनाएर पठाउने तयारी गरेका छन्।