चर्का–चर्का नारा सहित राजेन्द्र र उपेन्द्रको नेतृत्वमा तोडियो सुरक्षा घेरा
काठमाण्डौ । मधेशी मोर्चा आवद्ध संघीय गठवन्धनले आइतबार चौतर्फी दिशाबाट सिंहदरबार घेराउ गरेको छ । सिंहदरबार वरपरको निषेधित क्षेत्रलाइ तोडेर गठवन्धनका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
शिंहदरवारको दक्षिणी गेट घेराउ गर्ने जिम्मेवारी लिएका राजेन्द्र महतोले हनुमानथानस्थित भाटभटेनीअगाडिबाट सुरक्षा घेरा तोडदै धर्ना बसेका छन ।
धर्नामा बसेकाहरुले मान्छे मार्न पाइदैन, ओली सरकार चाहिँदैन, मधेस विरोधि नेताहरु होसियार, प्रतिगामी संविधान खारेज गर जस्ता नारा लगाइरहेका छन् । धर्नाकारीलाई अगाडि जानबाट रोक्न दर्जनौं प्रहरीहरु तारबारसहित घेरेर बसेका छन ।
उता, माइतीघरमा अर्को ठूलो समुहको नेतृत्व सघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन उक्त समुहले पनि प्रहरीको सुरक्षा घेरा तोडी अगाडी बढन सफल भएका छन । त्यहाँ पनि सयौको संख्यामा रहेका प्रदर्शनकारीहरुले धर्ना दिइरहेका छन् । उनीहरुले पनि ओली सरकारविरुद्ध चर्का–चर्का नरालगाइरहेका छन ।
संविधान जारि भए देखिनै आन्दोलन गरिरहेका मधेश केन्द्रीत दलले अहिले आएर जनजाति राजनितिक दलहरुसंग मिलेर आज २ जेष्ठमा सिंह दरबार घेराउ कार्यक्रम राखेको हो। केही ठाउँमा भलडप र गाडिमा ढुङ्गा मुडा गरेपनि अहिले सम्म अप्रिय घटना घटेको छैन ।