गठबन्धनलाई होइन मधेशी मोर्चालाई वार्ताको पत्र
काठमाण्डौ । यतिबेला राजधानी केन्द्रित भन्दै मधेशी जनजातीले भलै आन्दोलन गरिरहेका होस तर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ एक पत्र लेख्दै मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गरेका छन् ।
पत्रमा बिगतमा भएका वार्ता र संवाद समस्या समाधानका लागि सकारात्मक रहेको स्मरण गरिएको छ। प्रधानमन्त्री ओलीले वार्ता र संवादकै परिणाम स्वरुप संविधान संसोधन समेत भएको स्मरण गराएका छन् ।
आफू वार्ताबाटै समस्या समाधान हुनेमा विश्वस्त रहेको भन्दै प्रधानमन्त्री ओलीले मधेस आन्दोलनका घाइतेको उपचार र मृतककलाई क्षतीपूर्ती दिने कुरामा सरकार सकारतम्क रहेको बताएका छन् ।
प्रदेशको सिमांकन सम्बन्धी मागलाई सम्बोधन गर्न सरकारले समिती गठन गरिसकेको पनि स्मरण पनि पत्रमा छ ।