पुनर्निमार्णका लागि गाउँ गएनन् ४२८ इन्जिनियर
काठमाडौं । सहरी विकास मन्त्रालयले पुनर्निमार्णका लागि छनोट गरेका चार सय २८ जना इन्जिनियरले भूकम्पबाट क्षति प्रभावित १४ जिल्लाका पाँच सय ७५ गाविस र ४२ नगरपालिकामा गएर काम गर्न अनिच्छा व्यक्त गरेका छन् ।
खटाइएको गाँउ र नगरपालिकामा ती इन्जिनियर हाजिर नभएपछि सहरी विकास मन्त्रालयले वैकल्पिकमा पारेर छनोट हुन नसकेका चार सय २८ इन्जिनियरलाई पठाउने तयारी गरेको छ ।
एक हजार तीन सय ४६ पछि क्रमशः दुई हजार नौ सयको वैकल्पिक सूचीमा रहेका इन्जिनियरबाट आवेदन माग गरेर मन्त्रालयले चार सय २८ जना इन्जिनियर छनोट गरी गाउँमा पठाउन लागेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।