कारागारमा रहेका बिहारका बब्लु दुवे समूहबाट केडियाको अपहरण !
काठमाडौं । बिहीबार साँझ बाराबाट अपहरणमा परेका केडियालाई बिहारका कुख्यात अपराधी बब्लु दुवे समूहले अपहरण गरेको खुलासा भएको छ ।
अर्गनाइजेशनका सुरेश केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले बिहारको राज्यको मोतिहारीबाट सकुशल अपहरण मुक्त गरेको हो ।
उच्च स्रोतका अनुसार उनको अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ भने दुईजना फरार भएका छन् ।
अपहरण बिहारको कुख्यात मानिएको बब्लु दुवे समुहले गराइएको थियो । बब्लु दुवे मोतिहरीकै एक कारागारमा कैद सजाय भुक्तान गरीरहेका छन् ।
भारतिय पत्रकार अरुण साथीका अनुसार सीमावर्ती विहारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दल सत्तामा फर्किए लगगत्तै हत्या, अपहरण र फिरौती सुरु भएका छन् । इन्जीनियर, ठेकेदार, व्यापारी अपराधीको निसानामा परेका छन् ।
बिहिारका पत्रकारले दिएको जानकारी अनुसार विहारमा सजिलै अपराध बढ्न थालेपछि उताका अपराधीले आर्थिक नगरीका उद्योगी व्यवसायीलाई टार्गेट गरेका हुन् ।
भारतीय समकक्षीसँग समन्वय गरी केडियाको अवस्था बुझ्ने काम भइरहेको प्रहरीले जनाएको थियो ।
बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक केडिया साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ अपहरणमा परेका थिए ।
उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए ।