मलेसियाबाट धमाधम नेपाली फर्कंदै
क्वालालम्पुर । भूकम्पमा परिवारका सदस्य गुमाएका र घर भत्केका नेपाली मलेसियाबाट धमाधम फर्कन थालेका छन् । अस्थायी घर बनाउन र परिवारलाई ढाडस दिन उनीहरू फर्कन थालेका हुन् ।
कान्तिपुर दैनिकमा समाचार छ ।पाँच लाखभन्दा बढी नेपाली कार्यरत मलेसियाबाट फर्कनेहरूमध्ये अधिकांश छुट्टी लिएर गएका हुन् । केही करार सकेर फर्कने पनि छन् ।
विमान कम्पनीका प्रतिनिधिअनुसार भूकम्पपछि नेपाल फिर्नेहरूको चाप बढ्दो छ ।
भूकम्पमा परि परिवारका सदस्य गुमाएकालाई सरकारले हवाई टिकट उपलब्ध गराए पनि कम्पनीले छुट्टी नदिएको गुनासो लिएर आउनेहरू बढेको नेपाली दूतावासले जनाएको छ ।